आजबाट सुर्खेतको अमरज्योति माविमा पठनपाठन सुरु गरियो
- २०७७ असार ७ आइतबार
७ असार २०७७
हाईस्पीड संवाददाता सुर्खेत ।
सरकारले लकडाउन खुकुलो बनाए पनि विद्यालयलाई तत्काल खुला नगर्ने क्षेत्रमा राखेको छ तर सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ । प्रधानाध्यापक खगेन्द्र थापाले आफूहरूले सामाजिक दुरी कायम गरेर विद्यार्थीको सिकाइलाई निरन्तरता दिन स्वास्थ्य सुरक्षामा पनि ध्यान दिएर पठन पाठन सुरु गरेको जानकारी दिए । सबै विद्यार्थीलाई मास्क अनिवार्य र प्रवेश गर्दा गेटमै सेनिटाइजर तथा हात धुने व्यवस्था गरिएको छ ।
आइतबार विद्यालयले कक्षा ७ का २० जना विद्यार्थीलाई स्वास्थ्य सावधानीका साथ दुरी कायम गरी पढाएको थियो । ७० जना क्षमताको कक्षा कोठामा २० जना मात्रै राखिएको थियो । ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशिकामा रहेर पढाएका छौं,’ ‘ दैनिक बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा सबै कक्षा सञ्चालन गर्ने तयारी थालेको कुरा ,’ प्राध्यानाध्यापक थापाले बताए।’सामाजिक दुरी कायम गरेर पढाउन सकिन्छ कि भनेर पहिलो पटक अभ्यास गरेको उनले बताए ।प्रधानाध्यापक थापा ‘सबै विद्यार्थीलाई पालैपालो विद्यालयमा उपस्थित गराएर पढाउने विचारमा छौं, ’ भन्छन।
कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत ११ देखि देशव्यापी लकडाउन भएपछि बन्द रहेका शैक्षिक संस्था अझै खुलेका छैनन् । उनका अनुसार एउटा बेन्चमा एक जना र करिब दुई मिटरको दुरी हुने गरी विद्यार्थीलाई बस्ने व्यवस्था गरिएको छ । प्रधानाध्यापक थापाका अनुसार अत्यधिक कोरोना संक्रमित भएको जिल्ला दैलेखलगायतका विद्यार्थीले भने विद्यालयमा प्रवेश पाउने छैनन् ।
तपाईको प्रतिक्रिया