एक क्विन्टल गाँजासहित वडाध्यक्ष पक्राउ
- २०७७ असार १२ शुक्रबार
१२ असार २०७७
हाईस्पीड संवाददाता पोखरा ।
एक क्विन्टलभन्दा बढी परिमाणको गाँजासहित बागलुङमा एक वडाध्यक्ष पक्राउ परेका छन् ।
बागलुङको निशिखोला गाउँपालिका ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई इलाका प्रहरी बुर्तिवाङले पक्राउ गरेको हो ।
बिक्री गर्न गाँजा लिएर हिँडेका उनलाई वडा ५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । प्रहरी नायब उपरिक्षक राजेन्द्र रेग्मीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया