साँखुको शंखरापुरमा धान दिवस (फोटो फिचर)
- २०७७ असार १५ सोमबार
१५ असार २०७७।
-तस्बिरहरु – स्नेहा के सी
आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस,त्यो भन्दा पनि जनमानसमा दहि चिउरा खाने दिन। यो एउटा पर्वकै रुपमा पनि मनाइन्छ। गत बर्ष भन्दा अगाडिनै मनसुन सुरु भएका कारण देशका विविन्न भागमा रोपाई भइसकेको छ।
धान नेपालको प्रमुख बाली अन्तर्गत पर्दछ । हिमालदेखि तराईसम्म विविन्न हावापानीमा विविन्न जातका धानखेती गरिन्छ र कुल ग्राहस्थ उद्पादनमा ७ प्रतिशत योगदान रहेको छ। नेपालमा ५० प्रतिशत किसानले मात्र व्यवसायीक रुपमा धान खेती हुँदै आएको सरकारी तथ्यांकले देखाएको छ।
आज हाम्रो टिमले साँखुको शंखरापुरमा भएको रोपाईका केहि तस्विर कैद गरेका छौ।स्थानीयले असारे भाका गाउदै ,हिलो छ्यापदै र मिठो दहि चिउरा खादै रोपाई गरेका छन्।
तपाईको प्रतिक्रिया