जेसिआई पोखराको अतिथ्यतामा नेपाल जेसिज एसडीजी “17 Measures of SDG Week” सम्पन्न
- २०७७ असार २९ सोमबार
२९ असार २०७७
हाईस्पीड संवाददाता काठमाडौं।
नेपाल जेसिज नेसनल एसडीजी कमिटि अन्तर्गतको “17 Measures of SDG – Every week SDG week” कार्यक्रम जेसिआई पोखराको आयोजनामा सम्पन्न भएको छ। यो कार्यक्रम हरेक हप्ताको आइतबार बेलुका ८ बजेदेखि १० बजेसम्म भर्चुवल रुपमा हुने गर्दछ।
हरेक हप्ता विभिन्न शाखाहरुले गर्दै आइरहेको उक्त कार्यक्रम यस हप्ता जेसिआई पोखराले आयोजना गरेको हो। कार्यक्रममा जेसिआई पोखराका पुर्व अध्यक्ष एवं नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर रविन्द्र गुरुङ प्रमुख अतिथिका रुपमा हुनुहुन्थ्यो। उक्त कार्यक्रममा अतिथिका रुपमा युएनआईसीका नेशनल इन्फर्मेसन अफिसर राम बाबु शाह,राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल,नेपाल जेसिजका राष्ट्रिय कोषाध्यक्ष जेसी बिमल रिमाल,नेपाल जेसिज नेसनल एसडीजी संयोजक जेसिआई सिनेटर आशिष शर्मा र जेसिआई पोखराका अध्यक्ष जेसी शिब प्रसाद सापकोटा हुनुहुन्थ्यो।
राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रममा जेसिज आस्था पाठ पछि जेसिआई पोखराका उपाध्यक्ष जेसी रविन पौडेलले जेसिआई भिजन – मिसन पढ्नु भएको थियो भने कार्यक्रमको उद्घोषण जेसिआई पोखराका अध्यक्ष जेसी शिब प्रसाद सापकोटाले गर्नु भएको थियो।कार्यक्रममा जेसिआई पोखराका कार्यकारीणी उपाध्यक्ष जेसी मिनराज खड्काले सम्पूर्णलाई स्वागत गर्नु भयो।
कार्यक्रममा जेसिआई पोखराका एसडीजी संयोजक जेसी भाइराज रानाले शाखाले गरेको कोभिड – १९ बिरुद्ध गरिएका कार्यक्रम र जनचेतना कार्यक्रमहरुको रिपोर्ट पेश गर्नुभयो।
१९७५ सालमा स्थापना भएको जेसिआई पोखराले थप्रै सामाजिक कार्यहरु गर्दै आइरहेको छ जसमा रिपोर्टको फिडब्याक नेपाल जेसिजका राष्ट्रिय कोषाध्यक्ष जेसी बिमल रिमालले दिनु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि एवं जेसिआई पोखराका पुर्व अध्यक्ष एवं नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर रविन्द्र गुरुङ,युएनआईसीका नेशनल इन्फर्मेसन अफिसर राम बाबु शाह, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले मन्तब्य राख्नु भएको थियो।
नेपाल जेसिजका नेसनल एसडीजी संयोजक जेसिआई सिनेटर आशिष शर्माले उपस्थित सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो साथै एसडीजी अन्तर्गतका कार्यहरु जेसिआई नेपालले समुर्ण शाखाहरुलाई समेटेर गर्न पाउदा आफु निकै खुसि रहेको साथ दिने सम्पूर्णलाई धन्यवाद पनि दिनु भएको थियो। शर्माले आगामी दिनहरुमा पनि जेसिजले एसडीजी अन्तर्गतका कार्यहरुलाइ निरन्तरता दिने बताउनुभयो ।
तपाईको प्रतिक्रिया