आज भानुजयन्ती मनाइँदै
- २०७७ असार २९ सोमबार
२९ असार २०७७
हाईस्पीड संवाददाता काठमाडौँ ।
आज असार २९ गते नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती मनाइँदै छ । भानुजयन्तीमा राजधानी काठमाडौ लगायत मुलुकका विभिन्न स्थानमा प्रभात फेरीका साथै साहित्यिक कार्यक्रमको आयोजना हुने गथ्र्यो । तर यस पटक भने कोरोना भाइरस संक्रमणको कारण त्यस्ता कार्यक्रम गर्ने अवस्था छैन ।
नेपाल र नेपाल बाहिर बस्ने सबै नेपाली भाषीले उत्तिकै श्रद्धापूर्वक भानुभक्तलाई सम्झिएका छन् । भारतको सिक्किम, दार्जिलिङ, असम, देहरादुनका साथै प्रवासका अन्य स्थानमा भानुभक्तको सम्झना गरिँदैछ ।।
तपाईको प्रतिक्रिया