कटुवा पेस्तोलसहित जनकपुरमा एकजना पक्राउ
- २०७७ श्रावाण ५ सोमबार
५ श्रावण २०७७
हाईस्पीड संवाददाता धनुषा ।
जनकपुर उपमहानगरपालिका ९, जनकपुरधामबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ८, बजरंग चोकमा डेरा गरी बस्ने सर्लाही हरिपुर्वा नगरपालिका ८, बसतपुरका २१ वर्षीय सुनीलकुमार अधिकारी छन् ।
जनकपुरधाममा पैदल हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट हतियार फेला पार्दा पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया