बीपी स्मृति दिवसमा नेपाली कांग्रेस विराटनगर महानगर समितिद्वारा वृक्षरोपण
- २०७७ श्रावाण ५ सोमबार
५ श्रावण २०७७
हाईस्पसंवाददाता विराटनगर ।
बीपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस विराटनगर महानगर समितिले वृक्षरोपण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बीपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै भने,“मुलुक संकटमा परेको बेला बीपीले गरेको योगदान निकै महत्वपूर्ण थियो ।”
सो अवसरमा प्रदेश नं. १ का प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीलगायत सहभागी थए ।
वृक्षरोपण विराटनगरस्थित आदर्श विद्यालयमा गरिएको थियो ।
तपाईको प्रतिक्रिया