टेक्ससमा तालमा डुबेर नेपाली युवतीको मृत्यु
- २०७७ श्रावाण १३ मङ्गलबार
१३ श्रावण २०७७
एजेन्सी
अमेरिकाको टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर २३ वर्षीया अश्मिता खनालको मृत्यु भएको छ । खनालको मृत्युको बारेमा फरक फरक खालका समाचारहरु आएका छन्।
एउटामा तालमा डुङ्गा ख्याइरहेका बेला लाइफ ज्याकेट नलगाएकी खनालले पौडन हाम फालेको समाचारहरूमा उल्लेख छ भने अर्कोमा उनी डुङ्गाबाट खसेको बताइन्छ। यसबारे थप जानकारी आइसकेको छैन। खनालको घर काठमाडौं हो। पानीसँग सम्बन्धित दुर्घटनामा परेर अमेरिकामा ज्यान गुमाउने नेपाली–मूलका मानिसको संख्या बढेको छ ।
तपाईको प्रतिक्रिया