सुजन बुढाथोकिको बिद्रोही गजल
- २०७७ श्रावाण १९ सोमबार
१९ श्रावण २०७७।
-सुजन बुढाथोकी(रतुवामाइ,मोरङ्ग)
झोला बोकेर पैदल हिडिरहेको त्यो पैताला कस्को हो
र ढोकामा ताला झुन्डिरहेको पाठशाला कस्को हो?
र फुलबारिमा काढाहरुको कहरले निधेस गरिएका
बिचरा अबोध ओठ र त्यो गुलाबी गाला कस्को हो?
परिचालित डाका झै डोजर लिएर सहरमा घरहरु
बारम्बार भत्काउन आइरहने भुइचाला कस्को हो?
हो गोर्खाकै हो मैले प्रमाणपत्र पासपोर्ट नै देखाएर भने
जब कसैले सोध्यो पर्देसिको त्यो नदिनाला कस्को हो?
उ आयो आलि भत्कायो र मेरै जमिनमा भैंसी चरायो
गरिब हु मेरै खेतमा आँखा गाड्ने गोठाला कस्को हो
बुवाले त मेरै कसम खाएर म भट्टि जान्न भन्नु भएथ्यो
बुवा तपाइको खाटमुनी लढिरहेको प्याला कस्को हो?
उस्ले सरकारकै मान्छे हो भन्यो पैसा दिदै सुटुक्क
जब मैले सोधे हत्यारा रन्जन कोइराला कस्को हो?
तपाईको प्रतिक्रिया