नदीमा डुबेर २ जनाको मृत्यु
- २०७७ भाद्र १६ मङ्गलबार
१६ भाद्र २०७७
हाईस्पीड संवाददाता कैलाली
माछा मार्ने क्रममा कञ्चनपुरमा डुबेर २ जनाको मृत्यु भएको छ । एक जनालाई स्थानीयले उद्धार गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर २ कञ्जका १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको दोदा नदीमा डुबेर मृत्यु भएको जनाएको छ ।
‘सोमबार दिउसो नदीमा माछा मार्न गएका उनीहरु डुबेका हुन्,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘अर्की १२ वर्षीया अनु रानालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरे । ’ उनले दुवैको शव बगेको स्थानबाट करिब तीन सय मिटर टाढा फेला परेको जानकारी लिए ।
तपाईको प्रतिक्रिया