हुम्लाको रोडिकोटमा भएको आगलागीमा ६ घर जलेर नष्ट
- २०७७ भाद्र १८ बिहीबार
१८ भाद्र २०७७
हाईस्पीड संवाददाता सुर्खेत
बुधबार साँझ ६ बजे हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटको ठूलो गाउँमा आगलागीबाट ६ घर नष्ट भएका छन् । स्थानीय जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका ६ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआइजी) बसन्तकुमार पन्तले जानकारी दिए ।
प्रहरीले जोखे जैसीको घरबाट सल्किएको आगोले छिमेकी हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्णरुपमा क्षति भएको जनाएको छ । आगो आज बिहान २ बजे नियन्त्रणमा आएको छ । प्रहरीले अगलागीबाट भएको क्षतिको विवरण एकिन नभएको जनाएको छ ।
तपाईको प्रतिक्रिया