रौतहटको गरुडामा एक किराना पसलमा चोरी
- २०७७ भाद्र ३१ बुधबार
३१ भदौ २०७७
हाईस्पीड संवाददाता अखिलेश यादव,रौतहट।
रौतहटमा केही दिनयता आएर दिनानुदिन कुनै न कुनै घटना घटिनै अवगत नै छ। हिजो राति ३० गते बुधबार गरुडामा रहेको एक किराना पसलमा चोरि घटना सार्वजनिक भएको छ ।
रौतहटको मध्यभागमा रहेको गरुडा बजार अवस्थित गरुडा नगरपालिका ५ लक्ष्मिपुर निबासि रामअश्रे साहको हाल रौतहट जिल्लाको गरुडा नगरपालिका(४ मा अवस्थित रहेको आदित्य किराना पसल महम्मदपुर रोड गरुडामा चोरि भएको छ । साहले हिजो साँझ पसलमा ताल्चा लगाएर घर गएको थियो । आज बिहान बुधबारको दिन साहको पसलको छिमेकिले ५ः३० बजे साहको पसलको २ ओटा पल्लाको एक तर्फ पुर्व पटिको पल्ला खोलेको देखेर किरानाका संन्चालक साहलाई फोन गरेर भनेको कुरा पसलका संन्चालकले बताएका छन् ।
संन्चालकले आएर हेर्दा पसलको पुर्व पटिको पल्ला खुलेको देख्दा प्रहरिलाई जानकारी गराएको थियो । रौतहटको गरुडा नगरपालिका भित्र चोरी आदि जस्ता घटना घटीदै आइरहेको हुँदा आदित्य किराना पसल महम्मदपुर रोड गरुडामा गएको राति अज्ञात समूहका चोरहरुले पसलको पाल्लामा लगाईएको ताल्चा तोडि पसल भित्र रहेको २ ओटा गल्लाको तल्चा तोडि त्यस गल्लामा रहेको नगद करिब १०००० दश हजार चोरले चोरि लगेको साथै त्यसमा रहेको नेपाल टेलिकमको रिचार्ज कार्ड करिब ५००० हजारको ,एनसेलको ५००० पाँच हजार ,रजनिगन्धा करिब २५०० पच्चिस सय रुपैँयाको समान अज्ञात चोरहरुले चोरेर लगेको पसलका संन्चालक राम अश्रे साहले जानकारी गराउनु भएको छ ।
तपाईको प्रतिक्रिया