प्रदेश १ प्रदेशसभाको भवन शिलान्यास
- २०७७ असोज १ बिहीबार
१ असोज २०७७
हाईस्पीड संवाददाता विराटनगर ।
प्रदेश १ प्रदेशसभाको भवन बिहीबार शिलान्यास भएको छ । विराटनगरमा हाल रहेकै स्थानमा भवन निर्माण थालनी भएको हो । प्रदेशसभा विराटनगर बाहिर लैजाने भन्दै नेकपाका एकथरी सांसदले लविङ गरी हस्ताक्षर अभियान चलाएका थिए । तर अब विवाद अन्त्य भएको छ ।
जिल्ला समन्वय समितिको भवनमा बैठक सञ्चालन हुँदै आएको थियो । प्रदेशसभाको अब बस्ने सातौं बैठक भने नयाँ सुविधासम्पन्न भवनमा सञ्चालन हुने बताइएको छ । प्रदेश सरकारले विनियोजन गरेको ५ करोड रुपैयाँ बजेटमध्ये २ करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँ लागतमा निर्माण हुनेछ । भवनको शिलान्यास प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले गरेका छन ।
प्रदेश १ को राजधानी तोक्दा राजधानी विराटनगर भए पनि राजधानीका संरचना विराटनगर, इटहरी र सुन्दरहरैचा आसपासको क्षेत्रमा रहने उल्लेख थियो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रि-फ्याबको भवन बनाउन लागिएको बताएका छन् ।
भवन निर्माणको ठेक्का धरानको स्वामी नारायण निर्माण सेवा कम्पनीले पाएको छ । यो ६ महिनाभित्र निर्माण पूरा हुने प्रदेशसभा सचिव गोपाल पराजुलीले बताएका छन् ।
तपाईको प्रतिक्रिया