सुजन बुढाथोकीद्वारा रचित गजल
- २०७७ असोज २ शुक्रबार
२ असोज २०७७।
–सुजन बुढाथोकी
मेरो सपनाको आकासमा उड्ने बायुयान आएन
पानी थिएन सायद समुन्द्रमा गुड्ने विमान आएन
मैले सपना देखेको छु र केपिको जस्तै कबिता पनि
लेखेको छु तर मलाइ उस्को जस्तो उखान आएन
मेरो सपनाको आकासमा उड्ने बायुयान आएन
किन यो देसको नीतिनियममा गरिब अटाएन
असारमा किसान पर्खिरह्यो अनुदान,आएन
सरकार बाच्ने सपना देखेर उ बिदेस गएको हो
घर फर्कदा किन ज्युदो भएर नौजवान आएन?
मन्त्रालय सङ्गक्रमितको अनुमान मात्र गरिरह्यो
दबाइ आएन कोरोना रोगथामको समाधान आएन
सुनको सिक्री लगाएकाहरुले राहत लिएर गए
मज्दुरले भन्यो हजुर मेरो चाहि किन नाम आएन?
नदिमा डुबेर मर्नै लाग्दा मैले हारगुहार गरिरहे
कराउदै कुकुर आयो कुनै रण्डिकाबान,आएन
तपाईको प्रतिक्रिया