सेयर बजारमा आज करिब पौने ३ अर्बको कारोबार
- २०७७ असोज ४ आइतबार
४ असोज २०७७
हाईस्पीड संवाददाता काठमाडौं।
सेयर बजार बढ्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । आइतबार नेप्से ३.७५ अंकले बढेर १५७५.१८ अंकमा बन्द भएको छ ।
आइतबार प्रि-ओपनिङ सेसनमा नै २२ अंकले बढेको नेप्से बजार खुलेसँगै १६६ अंक नाघेको थियो । १ बजेर ७ मिनेटमा नेप्से आइतबारको अघिकतम बिन्दु १६०५.२ अंक सम्म पुगेको थियो । त्यसपछि घटेको बजारमा ११ बजेर २० मिनेटदेखि करिब २५ मिनेट कारोबार अवरुद्ध हुन पुग्यो ।
नेप्सेको सिस्टममा समस्या भएर रोकिएको नेप्से कारोबार खुलुसँगै थप घट्यो । त्यसपछि बजारमा सामान्य उतारउढाव देखियो भने अन्मिममा नेप्से सामान्य बढेर बन्द भयो । आइतबार नेप्से सामान्य वृद्धि हुँदा बजारमा करिब पौने ३ अर्बको कारोबार भएको छ । आइतबार दिनभर बजारमा १८८ कम्पनीको ९२ लाख २३ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७४ करोड २७ लाख ९६ हजारको सेयर कारोबार भएको छ ।
आइतबार बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकिङ, विकास बैंक र वित्त कम्पनी समूहको सूचक हरियो हुँदा त्यसबाहेकको सबै सूचक रातो भएका छन् । आइतबार होटेल समूहको सूचक सवार्धिक ५.१३ अंकले वृद्धि हुँदा हाइड्रोपावर समूहको सूचक ४.०६ र अन्य समूहको सूचक १.०१ प्रतिशतले आरोलो लागेको छ । अन्य सबै समूहको सूचक आरालो लाग्दापनि बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक भने १.५५ प्रतिशतले बढेको छ ।
त्यस्तै विकास बैंक समूहको सूचक १.४१ प्रतिशत, वित्त कम्पनी समूहको सूचक ३.९४ प्रतिशतले बढेको छ । जसले गर्दा अधिकांश समूहको सुचक आरालो लाग्दा पनि नेप्से भने बढेको छ ।
तपाईको प्रतिक्रिया