रौतहटमा नदिमा दुबेर एकै दिन २ युवकको मृत्यु
- २०७७ असोज २२ बिहीबार
२२ असोज २०७७
हाईस्पीड संवाददाता अखिलेश यादव,रौतहट।
रौतहटमा बुधवार नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । ईशनाथ नगरपालिकाका शेख फ्याज र गरुडा नगरपालिकाका तबिश अन्सारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार १४ वर्षीय फ्याजको माछा मार्ने क्रममा मामदेई नदीमा डुबेर मृत्यु भएको हो भने ३ वर्षका ताविसका घर छेउमा रहेको तलाउमा डुबेर मृत्यु भएको हो । प्रहरीको उपस्थितिमा दुई वटै शवको मुचुल्का उठाई पोस्टमार्टमका लागी गौर अस्पताल पठाइएको छ ।
तपाईको प्रतिक्रिया