आशिषको ‘पानी बादलु’मा सरोज, आश्मा र एलिसा
- २०७७ कातिर्क ४ मङ्गलबार
४ कार्तिक २०७७
हाईस्पीड संवाददाता काठमाडौँ
सांगीतिक जगतमा पिरिम नलाउने, गलबन्दी–पछ्यैरीलगायत हिट गीतका गायक आशिष सचिनको नयाँ गीत ‘पानी बादलु’ सार्वजनिक भएको छ । गीतमा आशिषलाई स्वरमा रेश्मा पुनले साथ दिएकी छन् ।गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ । डान्सिङ शैलीको गीतको भिडियो पनि सोही अनुसार तयार गरिएको छ । जसमा गायक सचिनको अलवा एलिसा शर्मा, सरोज अधिकारी र आश्मा विश्वकर्माले कम्बर मर्काएका छन् । भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्गबहादुर पुन ‘खबपु’ पनि देखिएका छन् । गम्भिर विष्टको निर्देशन तथा करियोग्राफी रहेको भिडियामा अर्जुन तिवारीको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । बजारमा आएको भन्दा केही नयाँ शैलीमा तयार गीत दर्शक श्रोताले मनपराउने बिश्वास रहेको गायक सचिनले बताए ।
रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै
तपाईको प्रतिक्रिया