ट्याक्सीमान्डुको एक वर्ष पूरा,थप नँया सेवा र सुविधा
- २०७७ मंसिर १० बुधबार
१० मंसिर २०७७
हाईस्पीड संवाददाता काठमाडौं ।
अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमान्डु सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सञ्चालनको एक वर्ष पूरा गरेसँगै ट्याक्सीमान्डुले आफ्ना सेवा र सुविधालाई थप गरेको छ ।
ट्याक्सीमान्डुले मंसिर महिनाभरका लागि केही आकर्षक छुटसहितका स्किम ल्याएको छ । ट्याक्सीमाण्डुले ल्याएका स्किमहरु ट्याक्सी चालक तथा यात्रुको फाइदामा लक्षित छन् । जसमा ट्याक्सी चालकले मंसिर महिनाभर शून्य प्रतिशत कमिसनमा एपमार्फत यात्रुलाई सेवा दिन पाउनेछन् । त्यस्तै एपको प्रयोग गरेर ट्याक्सी बुक गर्ने यात्रुले प्रत्येक राइडमा ५० रुपैयाँ छुट पाउने जनाएको छ । उक्त छुटका लागि भने यात्रुले प्रोमो कोड प्रयोग गर्नुपर्नेछ ।
यसबाहेक ट्याक्सीमाण्डुले रिफर एन्ड अर्नको स्किम पनि ल्याएको छ । एक रिफरमा ग्राहकले ५० रुपैयाँ पाउनेछन् ।
त्यस्तै मंसिर महिनाभर ट्याक्सीमान्डु एपमार्फत् १ सयवटा ट्रिप गर्ने ट्याक्सी चालककले १ हजार रुपैयाँ बोनस पाउने व्यवस्था पनि मिलाइएको छ ।
तपाईको प्रतिक्रिया