मल्टी ब्रान्ड सोरुम ‘बाइकर्स मार्ट’ टेकुमा खुल्यो , ७ ब्रान्डका बाइक र एसेसरिज एकै स्थानमा पाइने
- २०७७ पौष १० शुक्रबार

१० पुस २०७७
हाईस्पीड संवाददाता काठमाडौँ
बाइकर्स मार्ट नामक मल्टी ब्रान्ड सोरुम काठमाडौंको टेकुमा खुलेको छ । बाइकर्स मार्टमा विभिन्न ७ ब्रान्डका बाइकका साथै हेल्मेट, एप्यारेल, मर्चेन्डाइज, ब्याग, ग्लोभ्स लगायतका बाइकर्सका लागि आवश्यक सबै सामग्री पाउन सकिन्छ ।
त्यसैगरी बाइकका लागि आवश्यक लुब्रिकेन्ट, क्लिनिङ सामग्री र बाइकको पर्फमेन्स बढाउनका लागि आवश्यक सबै सामान पाउन सकिन्छ ।२ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको बाइकर्स मार्टमा सीएफमोटो, हार्ले डेभिडसन, हाउजे, क्लेभल्यान्ड, बीएमडब्ल्यु, बेनेली र रिजु ब्रान्डका बाइक पाउन सकिन्छ । नयाँ बाइक उपलब्ध गराउनुका साथै आवश्यक एक्सचेन्ज र फाइनान्स सुविधा समेत उपलब्ध हुनेछ । हेल्मेटमा एजीभी, सोहो, केवाईटी आदि ब्रान्डसँग सहकार्य गरेको छ । बाइकर्स मार्टमा उपलब्ध सबै सामग्रीहरु प्रिमियम ब्रान्डमा उपलब्ध छन् ।सोरुम शुभारम्भको अवसरमा बाइक बाहेक अन्य सामग्रीमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
बाइकर्स मार्टका म्यानेजिङ डाइरेक्टर गौरवकुमार पाठकले विदेशमा जस्तै नेपालमा पनि मल्टी ब्रान्ड सोरुमको अवधारणा विकास गर्न खोजेको र आगामी दिनमा नेपाली बाइकर्सहरुलाई सेफ्टी र प्रिमियम प्रोडक्टको वारेमा थप जानकारी प्रदान गर्न सहज हुने बताए ।
तपाईको प्रतिक्रिया