एनसेलले ल्यायो ‘फास्ट फरवार्ड फाइफ’ योजना
- २०७७ पौष २८ मङ्गलबार
२८ पौष २०७७
हाईस्पीड संवाददाता काठमाडौं ।
कोरोना महामारीको प्रभाव र यसले सिर्जना गरेका असहज परिस्थितिलाई आत्मसात् गर्दै नव सामान्यीकरणका साथ अघि बढ्न प्रोत्साहन गर्दै आएको एनसेलले नयाँ अभियानको थालनी गरेको छ ।
भविष्यको पुनः कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्नका लागि एनसेलले ‘फास्ट फरवार्ड लाइफ’ अभियानको सुरुआत गरेको हो ।
एनसेलले सोमबार साँझ एक सर्ट फिल्म आफ्नो सामाजिक सञ्जाल पेजहरुमार्फत् सार्वजनिक गरेर यो अभियान थालनीको घोषणा गरेको छ ।
‘डिजिटलका साथ अब अगाडि बढौँ’ ट्यागलाइन रहेको ‘फास्ट फरवार्ड लाइफ’ अभियान एनसेलले आफ्नो ब्रान्ड सार ‘आज, भोलि सधैँ सँगै’अनुरुप सञ्चालन गरेको हो । यसमा कसरी डिजिटल पावर अर्थात् सेवा–सुविधाले जीवनयापन सहज बनाउँदै छिटो अघि बढ्न सकिन्छ भनेर देखाइएको छ । कोरोनाको प्रभावपश्चात् डिजिटल सेवा तथा सुविधाका महत्व र प्रयोग बढेको छ ।
कोभिड–१९ प्रतिकार्यमा सुरुआती चरणबाटै तदारुकताका साथ कार्य गर्दै आएको एनसेलले यसअघि ‘अनपज’अभियान सञ्चालन गरेको थियो । जसअन्र्तगत् कम्पनीले महिलाका लागि विशेष ‘गो सिम’ र ‘एनसेल जबसप’ र ‘एनसेल अडियो क्लास’जस्ता नवीन सेवाहरु सञ्चालनमा ल्याएको थियो । साथै, बन्दाबन्दीले दिएका सिकाइ, अनुभव, नव सामान्यीकरण, कोभिड संकटका बेलामा कसरी भविष्यको पुनःकल्पना गर्दै अगाडि बढ्न सकिन्छ भनेर ‘मुभिङ अहेड’ वेबिनार सेरिज आयोजना गरेको थियो ।
नयाँ अभियानको घोषणापछि पनि एनसेलले ग्राहकका लागि डिजिटल पावरबाट लाभ लिन सकिनेखालका सेवा तथा सुविधाहरु ल्याउने जनाइएको छ । बन्दाबन्दीका बेलामा आफ्ना विभिन्न सेवाहरुका शुल्कमा विशेष राहत प्रदान गर्दै निर्वाधरुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको एनसेलले बन्दाबन्दीपश्चात् पनि ग्राहकका लागि विविध अफरहरु ल्याएको थियो ।
एनसेलका अनुसार उसले कोरोना प्रतिकार्यअन्र्तगत् विभिन्न सामाजिक कार्यहरु, सेवा शुल्कमा छुट, रिचार्जमा १२० प्रतिशत बोनस, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवालगायत विविध ग्राहकमैत्री अफरहरुसमेत गरी झन्डै ९ अर्ब ७० करोड रुपैयाँ बराबर मूल्यको योगदान गरेको छ ।
प्रतिकार्य पहलअन्तर्गत् नै एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्यसम्बन्धी नियमहरुको पालनाका लागि निरन्तर जनचेतना फैलाउने काम गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया