भ्वाइस अफ नेपाल सिजन ३ मा आस्था राउतको सट्टामा तृष्णा गुरुङ
- २०७७ पौष २९ बुधबार
२९ पुस २०७७
हाईस्पीड संवाददाता काठमाडौँ
सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ३ मा कोच फेरिएको छ ।
पहिलो सिजनदेखि नै एकजना महिला कोचको व्यवस्था गरिदै आएको भ्वाइस अफ नेपालमा यसपटक पनि महिला कोच नै फेरिएको छ । सिजन वानमा अभया सुब्बा महिला कोच रहेकी थिइन् । तर सिजन टुमा उनलाई गायिका आस्था राउतले रिप्लेस गरेकी थिइन् । अहिले तेस्रो सिजनमा आस्थाको ठाउँमा अर्की गायिका तृष्णा गुरुङले कोचको जिम्मेवारी पाएकी छिन् ।पहिलो सिजनकी अभयाले आफूलाई आयोजकले जबर्जस्ती हटाएको गुनासो गरेकी थिइन् । तर यसपटक आस्था आफैंले आफ्नो व्यस्तताका कारण शो छोड्नुपरेको केही समय अघि नै जानकारी गराएकी थिइन् ।सिजन ३ मा महिला कोचको जिम्मेवारी पाएकी गायिका तृष्णा युवा पुस्ता माझ पपुलर छिन् । उनी गीतकार तथा संगीतकार समेत हुन् । उनको खै निमो,गाइने दाजै लगायतका गीतहरु दर्शक श्रोताले रुचाएका छन् ।
तृष्णासँगै सिजन टुका कोचहरु दीप श्रेष्ठ,प्रमोद खरेल र राजु लामा पनि यस पटक यथावत रहनेछन् ।
तपाईको प्रतिक्रिया