परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणका लागि प्रस्थान
- २०७७ माघ १ बिहीबार
१ माघ २०७७
हाईस्पीड संवाददाता काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत प्रस्थान गरेका छन् । नेपाल-भारतको संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली भारत भ्रमणमा गएका हुन् ।
संयुक्त आयोगको बैठकले नेपाल-भारतको द्विपक्षीय हित प्रवर्द्धन तथा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड-१९ मा आपसी सहयोग-समन्वय, पूर्वाधार विकास, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति आदि विषयमा छलफल गर्ने मन्त्रालयले बताएको छ ।
भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारतका विभिन्न विशिष्ट व्यक्तिहरूसँग भेटघाटको कार्यक्रमसमेत तय भएको मन्त्रालयको भनाइ छ । मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्कनेछन् ।
तपाईको प्रतिक्रिया