आज सुनको भाउ ४०० रुपैयाँले बढ्याे
- २०७७ माघ २ शुक्रबार
२ माघ २०७७
हाईस्पीड संवाददाता काठमाडौँ
शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ ।
बिहीबार पाछावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजार चाँदीको भाउ १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया