मुख्यमन्त्री राईको विवाहले प्रदेश एकको प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- २०७७ माघ ७ बुधबार
७ माघ २०७७
हाईस्पीड संवाददाता काठमाडौँ
प्रदेश एकको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
बुधवारबाट शुरु भएको प्रदेश एकको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख प्रदीप भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त हिउँदे अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । त्यसलगत्तै सभामुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको घोषणा गर्नुभएको थियो ।प्रदेशसभा अनिश्चित समयसम्मका लागि स्थगित गरिनुमा नेकपाको आन्तरिक विवाद मूख्य कारण मानिएपनि केहीले भने मुख्यमन्त्री शेरधन राईको आसन्न विवाहलाई पनि कारण मानेका छन् ।
अविवाहित मुख्यमन्त्री राईको यही माघ ११ गते काठमाडौं बौद्धकी जाङ्मु शेर्पासँग विवाह हुँदैछ । झण्डै साँढे दुई दशक बढी उमेर अन्तर रहेको राई र शेर्पाबीच प्रेम विवाह हुन लागेको हो ।
तपाईको प्रतिक्रिया