टिकटकले नयाँ म्युजिकमा आधारित फिल्टरहरु ल्याउदै
- २०७७ चैत ३० सोमबार
३० चैत्र २०७७
एजन्सी
टिकटकले अन्तरक्रियाशीलता बढाउन नयाँ म्युजिकमा आधारित फिल्टरहरु ल्याउने भएको छ ।
यसमा एउटा फिल्टर भनेको म्यूजिक भिजुअलाइजर हो जसमा रियल टाइममा बिट ट्रयाक गर्न सक्ने सफ्टवेयर हुने गर्दछ । यसलाई टिकटकको क्रियटिभ एफेक्ट ट्रेको म्युजिक ट्याबबाट चलाउन सकिन्छ । यसले आकाशलाई बैजनी रङ्गको ब्याकग्राउण्ड बनाउँछ र अरु थुप्रै ग्रहहरु रहेको जस्तो देखाउँछ ।
टिकटकले यो बाहेक पनि पाँच ओटा फिल्टर राख्ने भएको छ । अर्को फिल्टरले स्टील ईमेजलाई बिटसँग सिन्क्रोनाइज गर्ने गर्छ । त्यस्तै अर्को फिल्टरले भिडियो ट्रान्जिसनमा एनिमेटेड टेक्स्ट राख्न दिनेछ । त्यस्तै म्युजिक मेसिन नामक फिल्टरले ड्रम बीट र अरु आवाजको प्रयोगले आफ्न गीत बनाउन दिनेछ । यसमा बीपीएम स्लाइडर र पाँच ओटा वानसट इफेक्ट पनि रहेका छ ।
तपाईको प्रतिक्रिया