‘पूर्वपश्चिम रेल छिट्टै सञ्चालनमा आउछ’ : प्रधानमन्त्री
- २०७८ बैशाख १ बुधबार
१ वैशाख २०७८
हाईस्पीड संवाददाता काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै पूर्वपश्चिम रेल सञ्चालन आउने जिकिर गरेका छन् । नयाँ वर्ष २०७८ साल सुभारम्भर भएको सन्दर्भमा देशबासीलाई सम्बोधन गर्दै गएको वर्ष निरर्थक नरहेको र विकासका दृष्टिले सफल वर्ष रहेको बताएका हुन् ।
उनले छिट्टै नै पूर्वपश्चिम रेल्बे यातायात सञ्चालनमा ल्याइने बताएका छन् । उनले पानीजहाजको सपना पनि साकार भइरहेको जिकिर गरे । उनले कोसीमा स्टिमर चलिसकेको दृष्टान्त पनि पस्किए ।
उनले मेलम्ची खानेपानी धाराधारामा ल्याउने चानचुने कुरा नभएकाले यो जसले पनि जस लिने विषय नरहेको बताए ।
तपाईको प्रतिक्रिया