रुपन्देही र नवलपरासीका दुई कोरोना संक्रमितको मृत्यु
- २०७८ बैशाख १८ शनिवार
१८ बैशाख २०७८
हाईस्पीड संवाददाता बुटवल ।
रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ ।
नवलपरासीको रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला र शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो ।अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालमा भर्ना भएकी महिलाको शनिवार बिहान ४ बजे र वैशाख १३ गते कोरोना पोजेटिभ पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका पुरुषको बिहान ५ः४५ बजे मृत्यु भएको बताए ।
महिलालाई एचडियुमा राखेर र पुरुषको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।
तपाईको प्रतिक्रिया