अर्थ मन्त्रालयद्वारा कोरोना अस्पतालहरुलाई ४ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति
- २०७८ जेठ २ आइतबार
२ जेठ २०७८
हाईस्पीड संवाददाता काठमाडौँ
कोभिड १९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुलाई ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ अर्थ मन्त्रालयले उपलब्ध गराउने भएको छ ।
अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको हो ।अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो । यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।चालु आर्थिक वर्षको बजेट वक्तव्यले ‘कोरोना संक्रमण नियन्त्रण तथा उपचारको लागि तत्काल आवश्यक पर्नसक्ने औषधि, उपकरण तथा उपचार सामग्री कमी हुन नदिन ६ अर्ब बजेट व्यवस्था’ गरेको छ । त्यसबाहेक अन्य खर्च समेत जोडर सात अर्ब ६१ करोड रुपैयाँ कोभिड–१९ न्यूनिकरणका लागि छुट्याइएको थियो । तर, आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा सरकारले ५० प्रतिशतभन्दा कम खर्च गरेको छ ।
उपलब्ध हुने सहयोग विवरण :
केन्द्रीय अस्पताल संख्या : २६ वटा
प्रादेशिक अस्पताल संख्या : ९ वटा
भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि :
२ अर्ब ९५ करोड २० लाख रुपैयाँ
२५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि :
१ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँ
तपाईको प्रतिक्रिया