इलाममा जङ्गली च्याउ खाएर बिरामी भएका दुईजनाको मृत्यु
- २०७८ जेठ २५ मङ्गलबार
२५ जेठ २०७८
हाईस्पीड संवाददाता इलाम
इलाममा जङ्गली च्याउ खाएर बिरामी भएका दुई जनाको ज्यान गएको छ ।
गत २२ गते च्याउ खाएर बिरामी परेका ४ जना मध्ये दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेमा झापाको बिएण्डसी अस्पतालमा उपचाररत सन्दकपुर गाँउपालिका–१ खोलाघारीका ५० वर्षीय टिका बहादुर राई र सोहि स्थानका ५२ वर्षीय जित बहादुर राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामले च्याउ खादा इलाम नगरपालिका ३ पुवामझुवाका ३५ वर्षीय वीरमान राई उनकी श्रीमती ३२ वर्षीया बिष्णु कुमारी राई समेत बिरामी भई झापाको बिएण्डसीमा उपचार भइरहेको जानाएको छ ।
तपाईको प्रतिक्रिया