जेठ २७ गते गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिने
- २०७८ जेठ २५ मङ्गलबार
२५ जेठ २०७८
हाईस्पीड संवाददाता कास्की
जेठ २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।
प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनु पर्ने नियम रहेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए । गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्य ६० जना रहेका छन् । त्यसमध्ये गुरुङको पक्षमा २८ मत छ । सरकार जोगाउन ३१ मत चाहिन्छ ।
प्रदेशसभामा विपक्षी गठबन्धनमा कांग्रेस १५, माओवादी १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चासँग तीन र जनता समाजवादी पार्टीसँग दुई सांसद छन् ।
तपाईको प्रतिक्रिया