ईलाममा करेन्ट लागेर एकको मृत्यु
- २०७८ जेठ २९ शनिवार
२९ जेठ २०७८
हाईस्पीड संवाददाता इलाम
ईलाममा बिजुलीको लाईन मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो ईलाम नगरपालिका-७ ताराकुटीडाँडा फुलगाछी बस्ने ५० वर्षीय वीर बहादुर लिम्बुको करेन्ट लागेर मृत्यु भएको हो । बिजुलीको पोलमा भर्याङ लगाई चढी बिजुलीको लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया