असार ७ देखि जोरविजोर प्रणाली लागू गरी सवारी–साधन सञ्चालन शुरु गर्ने सरकारको तयारी
- २०७८ असार ३ बिहीबार
३ असार २०७८
हाईस्पीड संवाददाता काठमाडौँ
आगामी सातादेखि सरकारले निजी तथा सार्वजनिक सवारी–साधन सञ्चालन शुरु गर्ने तयारी गरेको छ ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्न देशभर जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरी जोर–बिजोर प्रणालीमा सवारी–साधन सञ्चालन शुरु गर्ने तयारी भैरहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले बताउनुभयो ।उहाँले असार ७ गतेसम्मको कोरोना संक्रमणको अवस्था अध्ययन गरि निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिने बताउनु भएको हो । उहाँका अनुसार एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर प्रणाली लागू गरिने छ । सरकारी कार्यालय र अन्य सीमित क्षेत्र पनि खुलाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।गत वैशाख १३ गते बाँकेबाट सुरु निषेधाज्ञा अहिले ७५ जिल्लामा जारी छ । काठमाडौं उपत्यकामा पछिल्लोपटक असार ७ सम्म निषेधाज्ञा थप गरिएको छ ।असार ७ पछि पनि निषेधाज्ञालाई निरन्तरता दिइने तर स्वास्थ्य मापदण्डमा कडाइ गरी चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लगिने कार्यकारी निर्देशक शर्माको भनाई छ । उहाँका अनुसार अब अन्य व्यापार, व्यवसाय पनि क्रमशः खुलाउलै लगिनेछ ।
असार ७ पछिको स्मार्ट लकडाउनमा निश्चित समय समय तोकेर पसल खोल्ने समय मिलाइनेछ ।
तपाईको प्रतिक्रिया