गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेलकाे पक्षमा ३१, विपक्षमा २७ मत
- २०७८ असार ४ शुक्रबार
४ असार २०७८
हाईस्पीड संवाददाता काठमाडौँ
प्रदेशसभामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गर्नुभएकाे छ।
शुक्रबार प्रदेशसभामा भएकाे विश्वासको मतदानमा ३१ जनाले मुख्यमन्त्री पाेखरेलकाे पक्षमा मतदान गरे भने विपक्षमा २७ सांसदले मतदान गरेका छन् । प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २ र जनता समाजवादी पार्टीको २ मत छ ।
५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ ।
तपाईको प्रतिक्रिया