हुम्लाको सायाँ स्वास्थ्यचौकीमा सिटामोल अभाव हुन थाल्यो
- २०७८ असार ५ शनिवार
५ असार २०७८
हाईस्पीड संवाददाता काठमाडौँ
हुम्लाको सर्केगार्ड गाउँपालिकाको केन्द्रमा रहेको सायाँ स्वास्थ्यचौकीमा सिटामोलसमेत अभाव भएको छ ।
दैनिक २० देखि २५ जनासम्म रुघाखोकी र ज्वरोका बिरामी आउने गरेको सायाँ स्वास्थ्य चौकीमा सिटामोल अभाव भएको हो ।गाउँपालिका केन्द्रकै स्वास्थ्यचौकी भएकाले सम्पूर्ण वडाबाट बिरामी आउने गरेकोभए पनि स्वास्थ्यचौकीमा सामान्य सिटामोलसमेत नहुँदा बिरामीहरू खाली हात घर फर्किन बाध्य छन् । अन्य बिरामीका लागि औषधि अलिअलि भएको र चाहिने मात्रामा औषधि नभएको स्वास्थ्यचौकीले जनाएको छ ।गाउँपालिकाको स्टोरमा थोरै औषधि भएको र २५ लाखको औषधि खरिदमा पहिल्यै टेन्डर भइसकेको तर औषधि आपुर्तीमा ढिलाई भएको सर्केगार्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताउनु भयो । सामान्य रूपमा गाउँपालिका सबै स्वास्थ्यचौकीमा सिटामोल अभाव भएको उहाँको भनाइ छ ।
रुघाखोकी, कपाल दुख्ने, शरीर दुख्नेलगायतका बिरामी स्वास्थ्यचौकीमा आउने गरेको भए पनि औष्धि अभामवमा सर्वसाधरण रित्तोहात फर्कनु परेको सायाँ स्वास्थ्यचौकीमा प्रमुख किरण बुढाथोकीले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया