पूर्व सञ्चार राज्यमन्त्री बिष्टको निधन
- २०७८ असार ६ आइतबार
६ असार २०७८
हाईस्पीड संवाददाता काठमाडौँ
नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।
शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचारका क्रममै निधन भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।बिष्टको भेन्टिलेटरमा उपचार भैरहेको थियो । कोरोना पुष्टि भएपछि बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका बिष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका हुन्।
तपाईको प्रतिक्रिया