पछिल्लो २४ घण्टामा ३६११ जनामा कोरोना संक्रमण पुष्टि,१८१६ जना संक्रमणमुक्त
- २०७८ श्रावाण १५ शुक्रबार
१५ साउन २०७८
हाईस्पीड संवाददाता काठमाडौं।
पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५२४ जना पुगेको छ । यस्तै हालसम्म कुल संक्रमितमध्ये ६ लाख ५२ हजार २६१ पुगेको छ ।
कोरोनाका कारण २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृतकको संख्या ९ हजार ८३४ पुगेको मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया