एमाले स्थायी कमिटी बैठक स्थगित
- २०७८ श्रावाण १६ शनिवार
१६ श्रावण २०७८
हाईस्पीड संवाददाता काठमाडौँ
आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।स्थायी कमिटी बैठक आज ३ बजेका लागि बोलाइएको थियो । त्यसअघि विघटित कार्यदलको बैठक नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो ।
बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया