प्रदेश २ सरकारमा सहभागि हुने एकिकृत समाजवादीद्वारा निर्णय
- २०७८ भाद्र २८ सोमबार
२८ भाद्र २०७८
हाईस्पीड संवाददाता जनकपुरधाम
प्रदेश २ सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहभागि हुने भएकाे छ । सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सरकारमा सहभागि हुने निर्णय गरेको हो ।
बैठकबाट संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरिसकिएकाले उहाँमै नेतृत्वमा सरकारमा सहभागि हुने समभावना भएकाे एक नेताले जानकारी दिनुभयाे ।संसदीय दलको नेतामा महतोलाई चयन गरिएसँगै प्रदेश सरकारमा सहभागि हुने निर्णय गरिएको प्रदेश सचिव पौडेलले बताउनुभयाे ।
‘प्रदेश २ सरकारमा सहभागि हुनका लागि संसदीय दलका नेता शत्रुधन महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न जिम्मेवारी दिइएको छ’, पाैडेलले भन्नुभयाे ।
तपाईको प्रतिक्रिया