करेन्ट लागेर एक जनाको मृत्यु
- २०७८ असोज २३ शनिवार
२३ असोज २०७८
हाईस्पीड संवाददाता नवलपरासी
आज नवलपरासी (पश्चिम) मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको रामग्राम नगरपालिका–१७ देवगाउँ बस्ने ३० वर्षीय मोहन गुप्ताको करेन्ट लागेर मृत्यु भएको हो ।लु ४ त २४९७ नम्बरको धान काट्ने मेशिन सोही ठाउँस्थित सडक किनाराको बिजुलीको तारमा छुँदा करेन्ट लागेर घाइते भएका मेशिनका हेल्पर मोहनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मेसिनका चालकलाई नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया