ललितपुरका कम्युनिष्ट नेता शर्माको निधन
- २०७८ कातिर्क ५ शुक्रबार
५ कार्तिक २०७८
हाईस्पीड संवाददाता काठमाडौँ
ललितपुरका पुराना कम्युनिष्ट नेता ठक्कर शर्माको आज निधन भएको छ ।
केही समयअघि भारतमा कलेजो प्रत्यारोपण गरेर फर्केका शर्माको शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।प्रजातान्त्रिक आन्दोलनको समयमा मालेमा रहेर राजनीति गरेका शर्मा पछिल्लो समय माओवादी केन्द्रमा आवद्ध थिए । दक्षिण ललितपुरको महाकाल गाँउपालिका १ बुखेलमा जन्मिएका बजगाई पछिल्लो केही दिनदेखि अस्वस्थ्य थिए ।
उनको शव दाहसंस्कारका लागि केही समयपछि पशुपति आर्यघाटतर्फ लैजाने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया