तालिबानद्वारा स्वदेश फर्किन लागेका ३२ नेपालीलाई एयरपोर्टमै रोक्यो, उतै अलपत्र
- २०७८ कातिर्क ५ शुक्रबार
५ कार्तिक २०७८
एजेन्सी
अफगानिस्तानको काबुलमा ३२ नेपाली अलपत्र परेका छन्।
रोजगारीका लागि अवैधरुपमा त्यहाँ पुगेका नेपालीहरु स्वदेश फर्किनबाट बञ्चित भएका हुन्।३४ जनामध्ये २ जना बुधबार काठमाडौं आएपनि ३२ जना भिसाको म्याद सकिएका कारण उतै अड्किएका हुन्। नेपाल आउन लागेका उनीहरुलाई विमानस्थलबाट फर्काइएको छ। अफगानिस्तान तालिबानले कब्जा गरेपछि उनीहरु उतै अलपत्र परेका थिए।
तपाईको प्रतिक्रिया