एसिड पीडित मुस्कान खातुनलाई प्रदेश २ सरकारले थप उपचारको लागि पुन: ५ लाख दिने
- २०७८ कातिर्क ९ मङ्गलबार
९ कार्तिक २०७८
हाईस्पीड संवाददाता जनकपुरधाम
प्रदेश २ सरकारले एसिड पीडित वीरगञ्जकी मुस्कान खातुना लाई थप उपचारको लागी दोस्रो पटक ५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।
यसअघि नै प्रदेश २ सरकारले खातुनलाई ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।मंगलबार प्रदेश मन्त्रिपरिषदको बसेको बैठकले खातुनलाई थप ५ लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । खातुनको उपचार जारी रहेकाले उनलाई सहयोग गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया