कास्की काँग्रेसले मतदानस्थल तोक्यो
- २०७८ कातिर्क २९ सोमबार
२९ कार्तिक २०७८
हाईस्पीड संवाददाता कास्की
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ ।
सोमबार बसेको कास्की काँग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिहरूसँगको संयुक्त बैठकले मतदानस्थल तोकिएको कास्कीका निर्वाचन अधिकृतका रामचन्द्र पौडेल बताए ।उनका अनुसार मङ्सिर ६ गते हुने कास्की क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस, मङ्सिर ३ गते हुने १ (क) को मतदानका लागि सोही सुभम पार्टी प्यालेस र १ (ख) को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङमा तोकेको छ ।त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ ।२ (क) को पोखरा विरौटा र २ (ख) को पोखरा चिप्लेढुङ्गामा रहेको पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ । क्षेत्र नं ३ को अधिवेशनको मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ ।
३ (क) को लागि हेमजास्थित पार्टी कार्यालय र ३ (ख) को लागि नागडाडाँस्थित पार्टी कार्यालयलाई तोकिएको छ ।
तपाईको प्रतिक्रिया