भारतीय प्रधानमन्त्री मोदीको लिपुलेकमा सडक विस्तारको काम भइरहेको भनाई
- २०७८ पौष २३ शुक्रबार
२३ पुस २०७८
हाईस्पीड संवाददाता काठमाडौँ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक सडकको विस्तार कार्य जारी रहेको बताएपछि नेपालमा विरोध सुरु भएको छ ।
भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताए थिए ।उनले डिसेम्बर ३० तारिखमा विगतको सरकारका कारण मानसरोवार जाने बाटो नबनेको बताए । भारतले नेपाली भूमि हुँदै सडक निर्माण गरेको भन्दै नेपालले आपत्ती जनाइसकेको छ ।तर भारतले उक्त क्षेत्रमा सडक विस्तार कार्य जारी राखेको छ । मोदीले नै लिपुलेकमा सडक विस्तार जारी रहेको बताएपछि यसले नेपालाई थप रुष्ट बनाएको छ ।
तपाईको प्रतिक्रिया