भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० केजी माछा प्रहरीद्वारा नष्ट
- २०७८ माघ २ आइतबार
२ माघ २०७८
हाईस्पीड संवाददाता झापा
भन्सार छलेर भारतबाट अवैधरूपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको एक लाख ९२ हजार रुपैयाँ बराबरको ६४० केजी माछा प्रहरीले आज बरामद गरेको छ ।
गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे१च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो ।सो माछा इलाका प्रहरी कार्यालय गौरादहले स्थानीय बुद्धिजीवी, पत्रकार जनप्रतिनिधिसहितको रोहबरमा खाल्डोमा हाली आजै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।यता आजै बुद्धशान्ति गाउँपालिका–१ दामाखोलाबाट प्रहरीले सुखवा जातको गोलिया काठ बरामद गरेको छ ।दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको ४७ क्युविक फिट काठ फेला पारी इलामको रोङ सबडिभिजन कार्यालयमा बुझाइदिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तपाईको प्रतिक्रिया