चाया–पोतोको समस्या कम गर्न नेपालको नम्बर १ फेसियल हाउसकी संचालिका एवम सिनियर व्युटिसियन सुष्मा महराद्वारा विशेष टिप्सहरु
२०७८ चैत १४ सोमबार
१४ चैत २०७८
हाईस्पीड संवाददाता काठमाडौँ
आजकल चाया–पोतोको समस्या महिलामा मात्र होइन पुरुषहरुमा पनि यो समस्या देखिन थालेको छ ।
जसलाई समयमै उपचार गर्न सके यसबाट छुट्कारा पाउन सकिन्छ । कालोपोतो अर्थात् चायाको बेलैमा उपचार ग¥यो भने शतप्रतिशत निको हुन्छ । कतिपय चाया–पोतो उपचारले समाधान भएको हुन्छ । तर सावधानी नअपनाउँदा फेरि बल्झिएको पनि हुन्छ । उपचारबाट पूर्णरुपमा निको हुने र फेरि आउँदै नआउने भन्ने धारणाचाहिँ गलत हो । यसर्थ यसलाई मेन्टन गरि रहनु पर्दछ । यो समस्या हुनेहरुले केयर वा मेन्टेनेन्स नगरे त्यो फेरि आउने गर्दछ ।कालो चायापोतोको उपचार स्किन हस्पिटलका साथै क्लिनिकहरुमा पनि हुने गर्दछ । ब्युटिपार्लरमा पनि यसको उपचार हुने गरेको पाइन्छ । औषधिको प्रयोग, केमिकल पिलिङ र लेजर प्रविधिबाट पनि चाया–पोतोलाई हटाउन सकिन्छ ।
चाया–पोतोको समस्या कम गर्न नेपालको नम्बर १ फेसियल हाउसकी संचालिका एवम सिनियर व्युटिसियन सुष्मा महराले दिनुभएको विशेष टिप्सहरु यस प्रकारका छन् ;
१. फेसियल गर्नु प्रभावकारी उपाय
यदि ब्युटिपार्लरमा उपचार गराउने हो भने तालिमप्राप्त एवम् अनुभवी ब्युटिसियनद्वारा उपचार गराउनुपर्ने हुन्छ । चाया–पोतो हटाउन फेसियल एकदमै प्रभावकारी हुन्छ ।
साथै घामबाट डढेर आएको सजिलै निको हुन्छ तर बिरामी र औषधिको साइड इफेक्टका कारण आएको चाया–पोतोको उपचार गर्न गाह्रो हुन्छ ।
२. सनब्लकको प्रयोग अनिवार्य
खासगरी चाया–पोतो जाडो महिनामा बढी देखा पर्ने गरेको छ । यो समयमा सनब्लक लगाउनुपर्दैन भन्ने आमबुझाइ छ । त्यसैले धेरैजसोले जाडोमा सनब्लक लगाउँदैनन् । सनब्लक नलगाउँदा छाला डढेर कालो हुन्छ अनि चाया–पोतो देखिन थाल्छ । जाडोमा पनि सनब्लक लगाउनु उपयुक्त हुन्छ । बाहिर ननस्किए पनि वा घाम नै नलागेको दिन भए पनि सनब्लक क्रिम लगाउन जरुरी छ ।
गर्मी महिनामा कम्तीमा शीतल छहारीमा त बसेका हुन्छौँ । जाडोको बेला होस् वा गर्मीको बेला, अनि जहाँसुकै बसे पनि सनब्लक लगाउनु राम्रो हो ।
३.फेसप्याक र फेसवासको प्रयोग
दिनको दुईपटक फेसवास प्रयोग गर्नाले छालाको मृतकोशिका बिस्तारै हट्दै जान्छ । यसका लागि नीम फेसवास प्रयोग गर्नु राम्रो हो । चाया–पोतो हटाउन घरमै विभिन्न प्रकारका फेसप्याक बनाएर लगाउन सकिन्छ । फेसप्याकले दाग, खटिरा, फोहोर र मृतछालासमेत हटाउन मद्दत मिल्छ । तर यसका लागि दक्ष ब्युटिसियनको सहयोग लिनु उपयुक्त हुन्छ ।
फेस प्याकमा मुसुरोको दाल, श्वेतचन्दन (श्रीखण्ड), रक्तचन्दन, कपुर, बेसार, मञ्जिष्ठाको मिश्रण गरेर घिउकुमारीको लेपमा मिलाई नियमित प्रयोग गर्नाले चाया–पोतो हट्दै जान्छ ।
यदि सामान्य रुपले कालोपोतोको समस्या देखिएको हो भने यसलाई आफैंले घरेलु उपचार गरेर निको पार्न सकिन्छ । घिउकुमारीको गुदीलाई कालोपोतो–चाया देखिएको भागमा लगाउँदा लाभदायक हुन्छ । कसै–कसैलाई भने डन्डिफोरसँगै कालोपोतो देखिने समस्यासमेत रहने गरेको छ । यस्तो स्थितिमा भने मुलाको बीउको पेस्ट लगाउनु राम्रो हुन्छ भने सिमलको काँडा घोटेर लगाउँदा पनि डन्डिफोरसँगै कालोपोतोको समस्याबाट मुक्ति पाइन्छ ।
तपाईको प्रतिक्रिया