फतुवा विजयपुर नगरपालिका मा नेकपा -माओबादी बाट उमेदवार पदम तिमल्सिना | को हुन् पदम तिमल्सिना ?
- २०७९ बैशाख १२ सोमबार

१३ बैशाख २०७९ ,
एन के शरद , रौतहट
नेपाल भरि निर्वाचन आयोग ले घोषणा गरेको मिति बैशाख ३० गतेको को लागि सबैं दलले उमेदवार घोषणा गर्ने कार्यक्रम को हिजो दोस्रो दिन अर्थात् अन्तिम दिन् | ठुला दलहरुले निर्वाचन मा जान को लागि गठबन्धको को छलफल र बहस चलाए छलफलको केन्द्र चुनाबी तालमेल थियो | समय सकिन लाग्दा छलफल निष्कर्षमा पुर्याउन आवश्यक भएपछी केन्द्र बाट स्थानीय तहलाई जिम्मेवारी दिइएको थियो ,महानगरपालिका को उमेदवार तय गर्ने निधो भयो यी सबै छलफल पछी मुलुकभर सात सय ५३ स्थानीय तहको नेत्रत्व गर्न चहानेले आफ्नो उमेद्वारी दर्ता गराए रौतहट को फतुवा विजयपुरमा भने कुनै पाटि बीच गठबन्धन भएन र नेकपा माओबादी को तर्फबाट मेयर को उम्मेदवारी पदम तिमल्सिना ले दिनु भएको थियो | कांग्रेस को तर्फबाट मेयर को उमेद्ववार गोपाल यादब ले दिनु भयो भने नेकपा एमाले को तर्फबाट बिजय यादब , एकीकृत समाजबादी बाट अरविन्द यादब ले मेयर को उम्मेदवार दिनु भएको थियो त्यस्तै राजपा बाट अजय यादब ले मेयरको उम्मेदवारी दर्ता गराउनु भएको थियो |
को हुन् ने क पा माओबादी को उमेद्ववार पदम अर्थात ( अजय ) तिमल्सिना ? के छ उहा संग भिजन ?
हाइस्पिड नेपाल ले उहा र त्यस नगरको स्थानीय बासिन्दा लाइ उहाको बारेमा सोधेको थियौ |
रौतहट फतुवा बिजपुर् ११ हिमालिबासमा बुवा रत्न प्रसाद तिमल्सिना को जेठा सुपुत्र पदम तिमल्सिना को २०३६ साल मा हिमालिबास मा जन्मनु भएको थियो | उहाको नागरिकतामा नाम पदम तिमल्सिना भएपनि नगरबासीले बोलाउने लोकप्रिय नाम भने अजय तिमिल्सिना हो | २०५४ साल देखि निरन्तर लामो समय सम्म माओबादी द्वन्द को बेला पाटीको बिभिन्न जिम्मेवारी बहन गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गर्नु भएको थियो , नेकपा माओबादी पाटीको गाउ कमिटि अध्यक्ष , वडा कमिटि अध्यक्ष हुदै नगरकमिटि को प्रमुख को जिम्मेवारी बहन गर्नु भएको थियो | साथै अखिल नेपाल यातायात मजदुर संघ को महासचिब जस्तो गरिमामय पद सम्म जिम्मेवारी बहन गरि काम गर्नु भएको छ |
आफ्नो काम प्रति लगनशिल जिम्मेवारी बहन गर्न सक्ने र तार्किक पूर्ण तरिकाले समाजमा भएका विसंगति बिकृति लाइ सजिलै समाधान गर्न सक्ने एउटा नेतामा हुनुपर्ने गुण भएका व्यक्ति हुन् तिमल्सिना |
कहिले नडराउने नरिसाउने फराकिलो सोच बोकेका समाजको कुनै ब्यतिलाई समस्या पर्दा आफुलाई परेको महशुस गरेर दिन रात नभनी निस्वार्थ भावनाले समाज सेवा मा लागेका व्यक्ति हुन् तिमल्सिना |
एउटा समाज , नगरबासि लाइ बिकाश गर्न शिक्षा , स्वास्थ्य , खानेपानी , यातयात , बिधुत , स्नाचार , टेक्नोलोजी , को लागि आफु मेयर जितेपछि यी कुरालाई मध्ये नजर गरेर अगाडी बढाउने योजना मा छन् तिमल्सिना |
आफु संग ब्यवसायिक दक्षता भएकोले एउटा नगरपालिका लाइ कसरि व्यवस्थित गरेर डिजीटल नगरपालिका बनाउने भन्ने प्रस्ट भिजन छ अब नगरपालिका मा जानु पर्दैन तपाइको घरमा नगरपालिका को कर्मचारी आउने छन् कुनै पनि नगरबासीको समस्या भनेको मेरो समस्या हो र त्यस्तै एक घर एक रोजगार कार्यक्रम संचालनमा ल्याउने योजनामा छन् | यो नगरपालिका को कुनै पनि घरको चुलों बल्नु पर्छ त्यसको लागि आर्थिक क्रान्तिको योजना मा एउटा परिवालाइ कसरि आम्दानीको स्रोत बिकास गर्न गर्नु पर्ने काम को कार्यसुची तयार गरेको छु भन्ने भनाइ उम्मेदवार तिमल्सिना को छ |

यस नगरपालिका को ८० % जनता कृषि पेशामा छन् कृषिको लागि मल , बिहु , सिंचाई साथै आत्याधुनिक आधुनिकं कृषि प्रणालीको बिकास गर्ने उदारण को लागि अन्तर्गत टयाक्टर ले खेति गर्ने ड्रोन जस्तो मेशिन बाट बिहु छर्ने भन्ने योजना अगाडी बढाउने कुरा बताउछन |
मेरो प्रमुख योजना यो नगरमा मा शैशिक क्रान्ति , कृषि कार्न्ति र औधोगिक क्रान्ति हो भन्ने प्रस्ट बिचार को साथ् मेयर मा उम्मेदवार दिएको छु भन्ने कुरा हामीलाई बताउनु भयो |
हामीले त्यस नगरपालिका को स्थानीय बासिन्दा प्रिन्स काफ्ले लाइ उहाको बारेमा सोधेको थियौ स्थानीय बासिन्दा काफ्ले को भनाइ छ हामो नगपालिका मा कुनै दुर्घटना हुदा सबै मिलाउने , झैँ- झगडा हुदा मिटिंग बसेर पिडित र पिडक छुट्याएर दोषीलाई कार्बाही गरि समस्या समाधान गर्ने , बिमारी हुदा गाडी एम्बुलेन्स बोलाएर हस्पिटल सम्म पुर्याउने ,बाटो ,शिक्षा , स्वास्थ , खानेपानी, यातायात , संचार , सिंचाई को बिकास गर्नको लागि जिल्ला देखी केन्द्र सम्म नगरपालिकाको बजेट योजना बनाएर निरन्तर बिकाशमा तत्पर ब्यक्ति हुनुहुन्छ | तार्किक पूर्ण तरिकाले कुरा गर्न सक्ने र भिजन भएको नेता को रुपमा हामि उहालाई चिन्छौ , यसपाली यस नगरपालिका मा बिकाश गर्न को लागि हाम्रो आशाको केन्द्र भनेको नै उहा हुनुहुन्छ भन्ने कुरा स्थानीय काफ्ले ले हाइस्पिड नेपाल डट कम लाइ बताउनु भयो |
तपाईको प्रतिक्रिया