१३ बैशाख २०७९
हाईस्पीड संवाददाता कास्की
प्रहरीले ट्रक चालकलाई कुटपिट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
म्याग्दी घर भई हाल कास्की पोखरा महानगरपालिका—१९ लामाचौर बस्दै आएका ४३ वर्षीय मिनबहादुर मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार आइतबार कास्की पोखरा महानगरपालिका—५ फिर्के पुलस्थित पोखरा—बाग्लुङ सडक खण्डमा दुर्घटना भएको हो ।ट्रक र मोटरसाइकल दुवै बाग्लुङ बसपार्कबाट जिरो किलो आउँदै थियो । मोटरसाइकलले ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी उपरीक्षक तिवारीले बताए । दुर्घटनापश्चात् मगरले ट्रक चालकलाई कुटपिट गरेका थिए । प्रहरी उपरीक्षक तिवारीका अनुसार सो सूचना प्राप्त हुनासाथ मगरलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले शान्ति सुव्यवस्था तथा नैतिकता विरूद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया