करेन्ट लागेर एक पुरुषको मृत्यु
- २०७९ बैशाख १९ सोमबार
१९ बैशाख २०७९
हाईस्पीड संवाददाता गुल्मी
गुल्मीमा विद्युतको पोल बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार इस्मा गाउँपालिका–२ छल्दीमा विद्युत पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागी स्थानीय ४० वर्षीय गोकर्ण थापाको मृत्यु भएको हो । उनी करेन्ट लागेर घाइते भएका थिए । उपचारका लागि भैरहवामा लैजाने क्रममा आज बिहान बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया