को हुन् ने क पा माओबादी वडा नम्बर ११ का उम्मेदवार लालबाबु पटेल ? यदि उहाले वडा अध्यक्षमा जित्नु भयो भने बिकासका योजना के के छन् ?
२०७९ बैशाख २० मङ्गलबार
२१ बैशाख २०७९
एन के शरद ,रौतहट,
नेपाल भर स्थानीय निर्बाचन नजिकिदै गर्दा आआफ्नो स्थानीय तहको प्रतिनिधित्व गर्ने उम्मेदवारहरु घरदैलो कार्यक्रमको अभियानमा ब्यस्त देखिएका छन् | मुलुकभर ७५३ स्थानीय तहको नेतृत्व गर्न चाहनाले आफ्नो उम्मेद्वारी दर्ता गराए त्यसैगरी रौतहटको फतुवा विजयपुरमा भने कुनै पाटि बीच गठबन्धन भएन र ११ न. वडामा ने क पा माओवादीको तर्फबाट अध्यक्ष को उम्मेदवारी लालबाबु पटेलले दिनु भएको थियो भने नेकपा एकीकृत समाजवादीको तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवारी सुदर्शन काफ्लेले दिनु भएको थियो | नेपाली कांग्रेस को तर्फबाट शम्भु चौधरी , नेकपा एमालेको तर्फबाट इन्द्र प्रसाद पोख्रेलले वडा अध्यक्षको उम्मेद्वारी दिनु भएको थियो |
को हुन् ने क पा माओबादी वडा नम्बर ११ काउम्मेदवार लालबाबु पटेल ? यदि उहाले वडा अध्यक्षमा जित्नु भयो भने उहाको बिकास का योजना के के छन् ?
हाइस्पिड नेपालल डक कम को रौतहट सम्बाददाताले फतुवा विजयपुर ११ नम्बर वडाका ने क पा माओबादी का उम्मेदवार र त्यस वडाको स्थानीय बासिन्दा लाइ उहाको बारेमा सोधेको थियौ जसमा उम्मेदवार र स्थानीय को भनाइ यस्तो छ |
२०३१ सालमा रौतहटको विश्रामपुरमा बुवा राम आशिस राउत कुर्मी र आमा फुलवा देबी कुर्मीका जेष्ठ सुपुत्रको रुपमा लालबाबु पटेल जन्मिनु भएको हुन ,जन्मेको केहि समय पछी फतुवा विजयपुर ११ भैसहि मा परिवार सहित बसाइ सरि आउनु भएको थियो | आफनो बाल्यकाल र पढाइ त्यहि गर्दा गर्दै २०४६ सालमा नेकपा एमाले बाट राजनीतिमा प्रवेश गरि क्षेत्रीय कमिटि सदस्य समेत हुनु भएको थियो | निरन्तर राजनीतिक जिबन अगाडी बढाउने क्रममा पार्टीको केहि कुरा चित्त नबुझेपछि २०५३ सालमा नेकपा माओबादीमा प्रवेश गर्नु भएको थियो |
राजनीति गर्ने क्रममामा नेकपा माओबादी को क्षेत्रीय अध्यक्ष , जिल्ला कमिटि सदस्य हुदै केन्द्रीय सदस्य सम्म आफ्नो राजनीतिक यात्रा लाइ अगाडी बढाएको कुरा पटेल बताउनु हुन्छ |
सदैब संगठक भइ संगठन बिस्तार गरि जिबन नै पार्टीको लागि सुम्पिएका पटेल आजसम्म कुनैपनि कलङ्कको टिका नलाएको स्वच्छ छबी, सालिन व्यक्तित्व , सामाजिक न्यायको लागि निरन्तर तत्पर, स्पष्टबक्ता , बिबेकशील , दुरदर्शी ,समाजसेवी ,एक दृढ सोच बोकेका बिकासका सम्बाहक पटेलले नेकपा माओबादी को ११ नम्बर वडा अध्यक्षको उम्मेद्वारी लिएको कुरा बताउनु हुन्छ |
आफु वडा अध्यक्ष भएपछी निम्न ५ काम लाइ प्राथमिता दिएर वडा को बिकाश गर्ने कुरा उम्मेदवार ले हाइस्पिड नेपाल डटकम लाइ जानकारी दिनु भयो उहाको मुख्य ५ बिकाश का कार्य यसप्रकार छन् |
शिक्षामा बिकाश र सुधार – जब सम्म कुनै पनि समाज मा चेतना को बिकाश भएपछी सभ्य समाज बन्ने छ जसमा चेतना को बिकाश को लागि शिक्षा महत्पूर्ण भूमिका हुन्छ त्यसको लागि सबै हाम्रो वडा को सरकारी स्कुललाइ अंग्रेजी माध्यम बाट पढाउने व्यवस्था मिलाउछु | कुनै पनि अभिभाबक ले प्राइभेट स्कुल र सरकारी स्कुल को तुलना गर्दा प्राइभेट स्कुल का विधार्थी पनि सरकारी स्कुल मा पढन पठाउने व्यवस्था मिलाउने छु | स्थानीय सरकार संग बजेट मागेर होस् अथवा प्रदेश वा केन्द्रीय सरकार संग योजना पेश गरेर शिक्षामा आमुल परिवर्तन गर्नेछु | जसमा १० कक्षा पछाडी अनिवार्य टेकनिकल शिक्षा पनि पढाउने व्यवस्था मिलाउनेछु | सबै बिधालयमा डिजिटल कम्प्युटर सहितको लाइब्रेरी र पक्कि भवन र बिषयगत शिक्षक को बिकाश मा प्रयास गर्नेछु |
स्वास्थ्य को सुधार र बिकाश – वडा नम्बर ११ मा ७ बेड सहितको हस्पिटल जसमा एम बि बिएस पढेको डाक्टर को लागि पहल गर्नेछु साथै १ बर्ष देखि ७ बर्ष सम्म को बालबालिका लाइ निशुल्क प्राथमिक स्वास्थ्य उपचार साथै ६५ बर्ष माथिको बृद्लाइ निशुल्क उपचार उपलब्ध गराउने प्रयास गर्नेछु |
कृषि को बिकाश – यस वडामा कृषिको कुनैपनि केन्द्र नभएकोले कृषि केन्द्र स्थापना गराउने छु जसले गर्दा किसानहरु ले मल खाद बिउको सरल सहज र गुणस्तरीय समान सौलियत मुल्यमा पाउनेछन साथै कृषि सम्बन्धि डाक्टर राखी किसान को कृषि उत्पादन हुने बेला बालीमा लाग्ने रोगहरु नियन्त्रण गरि उत्पादन बढाइ उत्पादित कृषि सामग्री कृषि केन्द्रले नै खरिद गर्ने व्यवस्था मिलाउनेछु | साथै अत्याधुनिक प्रविधिको पानि जमिन मुनिबाट तानी खेतमा फाल्ने मेशिन प्रयोग गरि सिंचाई को ब्यवस्था मिलाउने छु |
तटबन्ध नदि तथा बन बिनाश हुन बाट रोक्ने – हाम्रो वडा बकैया नदीको नजिक भएकोले गर्दा हामि निकै जोखिम अवस्थामा छौ | दैनिक जसो हुने नदि दोहन र बन फडानीले गर्दा बर्खाको समयमा खोलामा पानीको बहाब बढे संगै जलमग्न हुने अवस्था भएकोले गर्दा म वडा अध्यक्ष भए भने नदीको छेउछेउमा तटबन्ध गर्नेछु | साथै नदि को ढुंगा गिट्टी दोहन हुन् रोक्ने छु भने जंगल फडानी को सट्टा एक व्यक्ति एक बिरुवा हुर्काउनु पर्ने व्यवस्था मिलाउनेछु |
वडा कार्यालयको भवन – हाम्रो वडामा वडा को आफ्नै भवन नभएकोले गर्दा दैनिककार्य संचालन गर्न गारो हुने भएकोले आफ्नो वडा मा एउटा भवन बनाउनेछु जसमा वडा को अफिस संगै बिभिन्न गोष्टि सेमिनार तालिम को लागि हल पनि हुनेछ र बिभिन्न तालिम हरु संचालन मा ल्याएर जन्ता ले रोजगारी सिर्जना गर्ने बाताबरण बनाउने छु भन्ने कुरा उम्मेदवार पटेल ले बताउनु भयो |
तस्बिर मा देख्न सक्छौ , नेकपा माओबादी फतुवा विजयपुर ११ का वडा अध्यक्ष लालबाबु पटेल हुन् भने वडा सदस्यमा रामलाल चौधरी , पुंडरि भुजेल , मनिषा पाख्रिन(लोप्चन ) र सिकिलिया देबी छन्
हामीले त्यस वडा को स्थानीय बासिन्दा मन्दिप श्रेष्ठ लाइ उहाको बारेमा सोधेको थियौ स्थानीय बासिन्दा श्रेष्ठको भनाइ छ हामो वडा सबैलाई मिलाएर लान सक्ने समाज बुझेको , जन्ताकों दुख सुखमा साथ् दिन सक्ने कुनै पनि दुर्घटना हुदा पुलिस प्रशासन सबै मिलाउने , झैँ झगडा हुदा मिटिंग बसेर पिडित र पिडक छुट्याएर दोषीलाई कार्बाही गरि समस्या समाधान गर्ने , बिमारी हुदा गाडी एम्बुलेन्स बोलाएर हस्पिटल सम्म पुर्याउने ,बाटो ,शिक्षा , स्वास्थ , खानेपानी, यातायात , संचार , सिंचाई को बिकास गर्नको लागि नगरपालिका ,जिल्ला देखी केन्द्र सम्म वडा को बजेट योजना बनाएर निरन्तर बिकाशमा तत्पर ब्यक्ति हुनुहुन्छ | तार्किक पूर्ण तरिकाले कुरा गर्न सक्ने र भिजन भएको नेता को रुपमा हामि उहालाई चिन्छौ , यसपाली यस वडा मा बिकाश गर्न को लागि हाम्रो आशाको केन्द्र भनेको नै उहा हुनुहुन्छ भनेर स्थानीय श्रेष्ठले बताउनु भयो |
तपाईको प्रतिक्रिया